भारत र बंगलादेशले बराबरी खेले

पहिलो खेलमा भारतले पाकिस्तानलाई १–० ले पराजित गरेको थियो । आजको खेलको ८२ औं मिनेटमा अतिकर रहमान मेसुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले गोल गर्दै टिमलाई महत्वपूर्ण एक अंक दिलाउन सफल भए । यो खेलसँगै भारतले दुई खेलबाट ४ अंक बटुलेको छ भने बंगलादेशको १ अंक मात्र भएको छ ।
यता, आफ्नो दोस्रो खेलमा नेपालले साँझ पाकिस्तानको सामना गर्र्र्दैछ । उपाधि दावेदारको रुपमा हेरिएको नेपालले पाकिस्तानलाई पराजित गरे एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा ठाउँ पक्का गर्नेछ ।
खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।
0 comments
Write Down Your Responses