संखुवासभा १० बर्षअघि छोरा मारेको आरोपमा बाबु लगायत ४ पक्राउ

सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्न भएको आरोपमा विर्खबहादुरका बाबु गौलकुमार, तुलसी, डम्बर र भीम भनिने निलम राईलाई पक्राउ पछि सार्वजनिक गरेको हो । घरयासी बिबादका कारण बाबु गौलकुमारले विर्खबहादुरको हत्या गर्न ५ हजार दिएको प्रहरीले जनाएको छ ।
२०६० मंसिर २७ गते गाउँमा लागेको मेलामा गौलकुमारको निर्देशनमा उनीहरुले निर्घात कुटपिट गरेर विर्खबहादुरको हत्या गरेको स्वीकारे गरेका प्रहरीले जनाएको छ । प्रहरीले गौलकुमारको घर नजिकै उत्खनन गरेर विर्खबहादुरको शवको हड्डी, टाउको, घडी, र लुगाकपडा निकालेको प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बताउनुभयो ।
0 comments
Write Down Your Responses