तालिम दिने संस्था महिलालाई खाडी पठाउने धन्दामा

शारीरिक तथा मानसिक शोषण बढेको भन्दै खाडीमा संस्थागतरुपमा घरेलु महिला कामदार पठाउन रोक लगाइए पनि व्यक्तिगत श्रम स्वीकृतिमा जान पाइन्छ । त्यसैको फाइदा तालिम दिने संस्थाले उठाएको सरकारी कर्मचारी, कामचादर र वैदेशिक रोजगार व्यवसायी बताउँछन् । आजको नागरिक दैनिकले समाचार छापेको छ ।प्रतिकामदार दुई हजार डलरसम्म कमिसन आउने हुँदा तालिम दिने संस्थाले गाउँ गाउँमा एजेन्ट खटाएर खाडी जाने महिला बटुल्ने गरेको स्रोत बताउँछ । व्यक्तिगत श्रम स्वीकृतिमा खाडी जान महिलाले २१ दिने अभिमुखीकरण तालिम लिनुपर्छ । खोटाङकी जमुना राई तालिम लिएर विदेश जान पाइन्छ भनेपछि काठमाडौँ आएको बताइन् । तालिम दिने संस्थामा विदेशमा काम गर्ने तरिका सिकाएको र कागजपत्र पनि तालिम दिने संस्थाले नै मिलाई दिन्छु भनेपछि पासपोर्ट पनि त्यहीँ बुझाएको उनले सुनाइन् ।
संस्थाको नाम कसैलाई भन्न अह्राउको पनि उनले वताइन् ।अर्घाखाँची बलकोटकी कमला पाण्डेले तालिम लिइसकेको र भिसा आउने बेला भएको वताइन् ।उनका अनुसार भिसाको सवै काम तालिम दिने संस्थाले नै गरिदिएको हो । माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर,सामाखुीमा तालिम लिएकी पाण्डेले पासपोर्टको फोटोकपी र कागजपत्र संस्थाले राखेको वताइन् । ‘भिसा आएपछि सबै कागजपत्र दिने भनेका छन्, उनले भनिन् । कुवेत जाने तयारीमा रहेकी पाण्डेले आफन्त र एजेन्ट मिलेर भिसा मिलाइदिन लागेको र सबै काम संस्थाले नै गरिदिन्छु भनेको बताइन् ।
0 comments
Write Down Your Responses