बाँकेका बाढी पीडितको बिचल्ली

कृष्ण अधिकारी नेपालगन्ज, 
अबिरल वर्षापछि राप्ती नदीमा आएको बाढीबाट प्रभावित भएका बाँकेको होलिया, गंगापुर र मटैयाका बाढी पिडितलाई जिल्ला दैबी उद्धार समिति बाँकेले शनिबारबाट राहात बितरण गरेको छ।नेपाली सेनाको एम आई
१७ र सुपर पुमा हेलिकोप्टरले चिउरा, चिनी , नुन, बिस्कुट चाउचाउ र पानी सहितको खाद्य सामाग्री बितरण गरेको हो।बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाहरुले घरको छानो, डुंगा र रुखमा चडेर ज्यान जोगाएका थिए। बाढी प्रभाबितहरु दुई दिनदेखि भोक भोकै बस्न बाध्य भएका छन्। बाढी प्रभावित क्षेत्रमा पानी केहि कम भए पनि  सडक मार्गबाट पुग्न सक्ने अवस्था नभएपछि हेलिकोप्टरबाट राहात सामाग्री पुर्‍याइएको नेपाली सेनाको रुद्रध्वज गणका गणपति लबराज थापाले बताए।राहत सामाग्री लिएर गएको हेलिकोप्टर ल्यान्ड गर्ने स्थानसमेत नभेटिएपछि आकाशबाट राहात सामाग्री प्रभाबित क्षेत्रमा झारिएको थियो।
आकाशबाट झारिएको राहात सामाग्री लिनका लागि प्रभावित क्षेत्रका बासिन्दाहरू तछाड मछाड गर्दै समाग्री झारिएको स्थानमा पुगेका थिए।
 चिउरा, चिनी , नुन, बिस्कुट चाउचाउ  र पानीसहितको खाद्य सामाग्रीको प्याकेटले एक परिवारलाई तीन दिनसम्म खान पुग्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 
 राप्ती नदीमा बाढी र डुवानबाट बाँकेमा ६ हजार ३ सय ६७ घर डुवानमा परेको र २ हजार ५० परिवार पूर्णरुपमा बिस्थापित भएका थिए। बाढी र डुबानका कारण बाकेमा ३ जनाको मृत्यु भएको छ भने ३ जना नै बेपत्ता भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।बाढीका कारण पुर्व पश्चिम राजमार्गकै शमशेरजंग नजिकै राजमार्गमा रहेको कल्भर्टसमेत भत्किएर अबरुद्ध भएको यातायात सेवा अझै सञ्चालन हुन सकेको छैन।

0 comments

Write Down Your Responses

Powered by Blogger.