किशोरी भारत लगेर यौन व्यवसायमा लगाउन खोज्ने युवती पक्राउ

अस्मिता नामले चिनिने झुकु उरावलाई प्रहरीले पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
काम भएको बहानामा उरावले ती किशोरीलाई बेलबारीसम्म जान अनुरा्ध गरेकी थिईन । गत ३१ साउनमा बेलबारी जाने भनेर हिँडे पनि उनले झापाको काँकडभिट्टा पुर्याएकी थिईन ।सीमा कट्नै लाग्दा प्रहरीले काँकडभिट्टामा पक्राउ गरी माइती नेपाललाई बुझाएको थियो । इटहरी प्रहरीका अनुसार भारत पुर्याएर अवैध रुपमा यौन गतिविधिमा प्रयोग गराउने उद्धेश्यले ती किशोरीलाई लगेकी हुन् । उता लैजान असफल भएपछि उनले इटहरीकै एक होटलमा यौन गतिविधिमा लगाएको देखिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कुन्दन देवले बताए ।
0 comments
Write Down Your Responses