मुस्ताङमा हिउँ परेपछि पोखरा जोमसोम उडान सबै ठप्प
कास्की, मंसिर २७ । मुस्ताङमा हिउँ परेपछि बिहीबार पोखरा-जोमसोम हवाई उडान सबै ठप्प भएको छ । राति ३ बजे देखि परेको हिउँले विमानस्थलको धावन मार्ग ढाकिए पछि उडान रोकिएको हो । जोमसोममा आसपासमा मौसम समेत त्यति खुलेको छैन' जोमसोम विमानस्थल प्रमुख शिव शर्मा उपाध्यायले भने, 'हिउँ पर्नुका साथै मौसम समेत नखुलेका ले आज कुनै उडान हुन सकेन ।
0 comments
Write Down Your Responses