सुदूरपश्चिम एड्सको जोखिममा, ३ सयको मुत्यु

एचआइभी/एड्स रोकथामको पक्षमा काम गर्दै आइरहेको कञ्चनपुरको फेथ नामक गैरसरकारी संस्थाको तथ्याङ्कमा सुदूरपश्चिममा हालसम्म एड्स रोगका कारण ३ सय ५८ जनाको मुत्यु भएको हो ।फेथका संयोजक नवराज पाण्डेयका अनुसार मृत्यु भएका अधिकांश रोजगारीका लागि भारतबाट फर्किएका व्यक्ति रहेका छन् । भारतबाट रोजगारी गरी फर्केकाहरुले घर फकर्ंदा एचआइभी सङ्क्रमित भएर आउने र यहाँ आएर समयमै उपचार नगरेका कारण उनीहरुको मुत्यु भएको संयोजक पाण्डेयले जानकारी दिए । जसमा सबैभन्दा बढी अछाममा रोगको सङ्क्रमण देखिएको छ
संयोजक पाण्डेयका अनुसार नेपालमै काठमाडौँपछिको दोस्रो एचआइभी रोगको केन्द्र सुदूरपश्चिम बन्दै गएको बताउनुभयो । सुदूरपश्चिम एचआइभीको उच्च जोखिममा रहेको छ । जसअनुसार सुदुरपश्चिममा १६ प्रतिशत जोखिम छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले समाजिक चेतना बढाउनमा सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए ।
‘सुदूरमा एचआइभीको समस्या दिनानुदिन बढिरहेको छ’ उजले भने, ‘एचआइभी एड्स रोकथामका लागि फेथसँग जनस्वास्थ्य कार्यालयले सहकार्य गरेको छ ।’ सरकारले आव ७०/०७१ मा देशभरिमा एचआइभी सङ्क्रमित सङ्ख्या ५० प्रतिशतले घटाउने लक्ष्य लिएको महतले बताए । रासस
0 comments
Write Down Your Responses