साढे तीन बर्षपछि नेपाल फर्कने तयारीमा पूर्वयुवराज
काठमाडौं–पूर्वयुवराज पारस शाहले नेपाल छाडेको तीन वर्ष चार महिना भयो । ११ भदौ ०६७ मा बिदेसिएका उनी त्यसयता एकपटक पनि काठमाडौं फर्केका छैनन् । सुरुमा सिंगापुर र त्यसपछि लगातार थाइल्यान्डको राजधानी बैंककमा बस्दै आएका उनको जीवनमा यसबीचमा निकै उतारचढाव आए । हृदयघातपछि अस्पताल भर्ना भए, त्यहा“ उनले ‘पुनर्जन्म’ पाए । अस्पताल भर्ना हुनअघि नै लागुऔषधको अम्मली बनिसकेका उनले अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि झन्डै दश महिना च्यान्च्याई सुधारगृहमा बिताउनुप¥यो । केही समयअघि मात्रै पूर्वयुवराज पारस सुधारगृहबाट निस्किएका छन् ।
पारसनिकट स्रोतहरूका अनुसार अब उनी स्वदेश फर्केर समाजसेवा गर्न चाहन्छन् । उनकी पत्नी हिमानी यसअघि नै ‘हिमानी ट्रस्ट’ स्थापना गरेर समाजसेवामा सक्रिय भइसकेकी छिन् । पारस पनि तत्काल घर फर्कन इच्छुक छन् । जानकारहरूका अनुसार समाजसेवामार्फत उनी आफ्नो बिग्रिएको छविमा सुधार गर्न चाहन्छन् ।आफू घर फर्कन चाहेको सन्देश उनले निर्मलनिवासमा पु¥याइसकेका छन् । तर, पारसको पासपोर्ट बैंकक प्रहरीसित छ । सुधारगृहमा बसेर आएको हुनाले उनको पासपोर्ट अभिभावकको जिम्मा मात्रै प्रहरीले लगाउनेछ ।निर्मलनिवास पनि पूर्वयुवराज पारसलाई नेपाल फर्काउन आतुर रहेको दरबारनिकट स्रोतहरूले जनाएका छन् । उनलाई नेपाल ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बैंकक प्रहरीलाई फोन गरेर वातावरण मिलाईरहेका छन । पारसका अभिभावक बैंकक गएमा उनीहरूलाई नै प्रहरीले पारसको पासपोर्ट जिम्मा लगाउनेछ । ‘युवराज नेपाल फर्कन आतुर हुनुहुन्छ, चा“डै उहा“लाई ल्याउन पहल भइरहेको छ,’ निर्मलनिवास स्रोत भन्छ
सन्चो भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएकै समयमा पूर्वयुवराज पारस नेपाल फर्कन चाहेका थिए । परिवारका सदस्यहरू पनि उनलाई यतै ल्याउन चाहन्थे । तर, दुव्र्यसनको लत बसेका कारण उनले सुधारगृहमा बस्नुपर्ने भयो । त्यसैले त्यतिवेला स्वदेश फर्कन सम्भव भएन । अब भने उनको उपचार पूर्ण रूपमा सकिएको छ । अभिभावकका रूपमा घरका कोही सदस्य गएर ल्याउन चाहे अब उनलाई स्वेदश फर्कन कुनै समस्या छैन ।गर्लफ्रेन्ड स“गै छिन्सुधारगृहबाट निस्किएपछि पूर्वयुवराज पारस अहिले बैंककमा बस्न थालेका छन् । कहिलेकाही“ भने उनी फुकेटमा गएर बस्छन् । बैंककमा उनलाई थाई प्रेमिका कन्निका चाइसानले साथ दिने गरेकी छिन् । अहिले पनि पारसलाई प्रेमिकाले नै स्याहार गरिरहेको स्रोतहरूले जनाएको छ ।स्रोतहरूका अनुसार पारस आप्mनी थाई प्रेमिकालाई पनि नेपाल ल्याउन चाहन्छन् । तर, निर्मलनिवासले भने त्यसमा सहमति दिएको छैन । ‘प्रेमिकासहित आउने भए उतै बसेको जाती भन्नेमा छ निर्मलनिवास,’ स्रोत भन्छ । लामो समय आफू बैंककमा बस्दा र बिरामी हु“दासमेत प्रेमिकाले सघाएकाले उनलाई छाड्न नसक्ने पारसले आफ्ना साथीहरूलाई बताउने गरेका छन् ।
काठमाडौंमा रहेका केही साथीस“ग पनि पारस अहिले नियमित सम्पर्कमा छन् । केही साथीहरू उनलाई भेट्न भनेर नै वेलावेलामा बैंकक जाने गरेका छन् । ‘उहा“ सम्पर्कमा हुनुहुन्छ, हामी साथीहरू पनि जाने गरेका छौ“,’ पारसलाई भेट्न माघ अन्तिम साता बैंकक गएका उनका एक साथीले भने । नेपाल फर्केपछि आफू समाजसेवामा लाग्ने योजना रहेको पारसले साथीहरूलाई सुनाउने गरेका छन् । ‘अब उहा“को चाहना नेपालमै बस्ने र समाजसेवा गर्ने रहेको छ,’ पारसका एक साथीले भने ।
विरक्तिएर विदेश गए
जानकारहरूका अनुसार नेपालमा राजनीतिक परिवर्तनस“गै पूर्वयुवराज पारस विरक्तिएका हुन् । ०६२÷६३ को दोस्रो जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भयो, दुई सय ३० वर्षदेखि शासन गर्दै आएको राजसंस्था अन्त्य भयो । यसलाई पारसले सजिलै ‘डाइजेस्ट’ गर्न सकेका थिएनन् । ‘बदलिएको अवस्थालाई उहा“ (पारस)ले डाइजेस्ट गर्न सक्नुभएको थिएन, तर केही गर्न सक्ने अवस्थामा पनि हुनुहुन्थेन,’ स्रोतहरू भन्छन् ।
आफ्ना पिता तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको १९ माघको कदमपछि भइरहेका घटनाक्रमप्रति पनि पारस सन्तुष्ट थिएनन् । पुराना र ‘जनताबाट बहिष्कृत’ व्यक्तिहरूलाई साथ लिएर अगाडि नबढ्न उनले पिता ज्ञानेन्द्रलाई सुझाब दिएको स्रोतहरू बताउ“छन् । दोस्रो जनआन्दोलनपछि पनि पूर्ण रूपमा राजसंस्थाको अन्त्य गर्न नहुने उनको अडान थियो । तर, यी सबै कुरामा पूर्वराजा ज्ञानेन्द्रले पारसका कुरा नसुनेको उनीनिकट स्रोत बताउ“छ । ‘घरबाट समेत आफूलाई सहयोग नरहेको उहा“को गुनासो हुन्थ्यो,’ स्रोत भन्छ ।
नेपालमा बनेको आफ्नो नकारात्मक छविका कारण पनि पारसमा निराशा उत्पन्न भएको थियो । विरक्तिएकै कारण उनी विदेश भासिएको पारसनिकट स्रोतहरू बताउ“छन् । सुरुमा उनी सिंगापुर गए । उनले परिवारसहित नै उतै बस्ने योजना बनाएका थिए । तर, पछि बैंकक बसाइ सरे । तनावका कारण उनी लागुपदार्थको अम्मली बने जसले उनको स्वास्थ्य पनि खत्तम बनायो । ‘विरक्तिएर नै उहा“मा गा“जाका लत बसेको हो,’ स्रोत भन्छ ।पैसाको अभावविदेश गएपछि पूर्वयुवराज पारसलाई पैसाको अभाव भइरह्यो । किनभने उनले बैंककमा पनि खर्चिलो जीवनशैली अपनाएका थिए । बिरामी भएर अस्पताल भर्ना भएपछि त झन् समस्या भयो । अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि सुधारगृहमा बस्दा पनि उनको खर्चिलो उपचार भयो । च्यान्च्याई सुधारकेन्द्रमा पारसले प्रतिमहिना डेढ लाख भाट (नेपाली रुपैया“ झन्डै साढे चार लाख) बुझाउनुपरेको थियो । त्यति रुपैया“ बुझाएपछि सुधारगृहले सबै उपचार गरेको थियो । गत ३० डिसेम्बरमा पारसको सम्पूर्ण उपचार सकिएको थियो । काठमाडौंबाट परिवारले पैसा पठाइदिएपछि उनी सुधारगृहबाट ‘डिस्चार्ज’ भएका थिए ।स्रोतहरूका अनुसार पूर्वअधिराजकुमार धीरेन्द्र शाहका छोरीहरू शीताष्मा र दिलासामार्फत पूर्वराजा ज्ञानेन्द्रले पारसलाई अहिले पनि खर्च पठाउने गरेका छन । केही थप रकम शीताष्माले छुट्टै पनि पठाउने गर्छिन् । जानकारहरूका अनुसार शीताष्माले सुरुदेखि नै बैंककमा रहेका पारसलाई आर्थिक सहयोग गर्ने गरेकी थिइन् । तर, केही सयमयता ज्ञानेन्द्रले पठाएको खर्च अपुग हुन थालेको पारसनिकट साथीहरू बताउ“छन् ।निरस जन्मदिनसुधारगृहबाट निस्किएलगत्तै पूर्वयुवराज पारसले सीमित साथीहरूका माझमा आफ्नो जन्मदिन मनाएका छन् । १५ पुस उनको जन्मदिन हो । पारसनिकट साथीहरूका अनुसार उनको जन्मदिन निरस भयो । पारसले जन्मदिन मनाइरह“दा उनकी पत्नी हिमानी, पिता ज्ञानेन्द्रस“गै पूरै परिवार भारत भ्रमणमा थियो । त्यतिखेर निर्मलनिवास पनि सुनसान नै थियो ।
गत वर्ष फागुनमा पूर्वयुवराज पारसलाई अकस्मात् हृदयघात भएपछि करिब डेढ महिना बैंककस्थित समितिभेज अस्ततालमा भर्ना गरिएको थियो । अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि उनलाई सुधारगृहमा राखिएको थियो । त्यहा“को बसाइपछि पारसको स्वास्थ र दैनिक जीवनमा पूरै सुधार आएको छ ।
पति पारस बिरामी भएर अस्पताल भर्ना भएपछि हिमानी उनलाई भेट्न दुईपटक बैंकक गइसकेकी छिन् । त्यतिवेला पारसलाई भेट्न उनका बुबा ज्ञानेन्द्र र आमा कोमल पनि बैंकक गएका थिए ।
(फागुन १ गतेबाट बजारमा आउने मिरर न्यूज मासिकबाट)
0 comments
Write Down Your Responses