मोहन वैद्य र देब गुरुङ बेल्जियममा

डिल्ली राम अंमाई
३ फागुन, बेल्जियम । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र  सचिव देव गुरुङ बेल्जियम आइपुगेका छन्
।  फेब्रुअरी  १६ मा हुने  नेपाली जनप्रगतिशील मोर्चाको वार्षिक साधारणसभामा भाग लिन बेल्जियम दुबैजना बेल्जिय आइपुगेका हुन् ।मोर्चाले ’नेपाली जनताको संघीय लोकतान्त्रिक संविधान निर्माण’ भन्ने नाराका साथ साधरणसभा गर्न लागेको हो।कार्यक्रमको पूर्वसन्ध्यामा नेताहरुको  सम्मान तथा भेटघाट तथा पत्रकार सम्मेलन  गरिने पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष  महेश थापाले जानकारी गराए ।
 नेपालको वामपन्थी राजनीतिमा सकृय नेताहरू उपस्थित हुन कार्यक्रमका लागि  बेल्जियम,  फ्रान्स,  नर्वे,  स्वीडेन,  इटली, नेडरल्याण्ड, स्पेन, जर्मनी र  टर्की  लगायत देशका  भगिनी  संगठनहरुलाई पत्रचार गरिएको छ ।मोर्चाले स्थापनादेखि भएका गतिविधि, संगठनको प्रभाव, संघर्ष, विदेश बसाईका कठिनार्इ सहितका विचार समेटेर ‘प्रगतिशील  आवाज’  पुस्तक प्रकाशन  गरिएको  छ । संगालोलाई मोर्चाको  साधारणसभामा कार्यक्रमका  प्रमुख  अतिथिले बिमोचन गर्ने  कार्यक्रम  रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.