एम्बुलेन्सको ठक्करबाट सुनसरीमा दुईको मृत्यु

३ फागुन, इटहरी । सुनसरीको तरहरा बजारमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
इटहरीबाट धरानतिर गइरहेको ज १ च ७७७ नम्बरको एम्बुलेन्सले को १२ प ४१११ नम्बरको मोटरसाइकललाई गएराति हाँसपोसा-२ तरहरा बजारको कृषि अनुसन्धान केन्द्र प्रवेशद्वार अगाडि ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र-४ का राजु राई र रमेश राईको मृत्यु भएको हो 
तीव्रगतिमा रहेको एम्बुलेन्सले राति १२ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा नै र अर्को एक जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय तरहराका प्रहरी नायब निरीक्षक चन्द्रशेखर शिवाकोटीले जानकारी दिनुभएको छ 
एम्बुलेन्सका चालक भने राति नै घटनास्थलमा एम्बुलेन्स छाडेर फरार भएकाले उनको खोजी भइरहेको बताइएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.