कांग्रेसले आज सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

कांग्रेसको नेतृत्वमा सरकार गठनबारे छलफल गर्न एकीकृत नेकपा माओवादी तयार भएकाले भोलि कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । चार दलको बैठकपछि सिटौलाले भन्नुभयो-’माओवादीका नेताहरूले कांग्रेस र एमालेको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम दिनुहोस्, हामी छलफल गर्न तयार छौँ भनेपछि हामीले बुधबार प्रधानमन्त्रीको उम्मेदवार नाम दिन्छौँ ।’
कांग्रेसले पार्टी सभापति कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बबनाउने लगभग पक्का छ । कोइराला स्वंयम प्रधानमन्त्री बन्ने कसरतमा लागेपछि वरिष्ठ नेता शेरबहादुर देउवाले पनि समर्थन गर्नु भएको छ ।
0 comments
Write Down Your Responses