मलेसियामा नेपाली युवकको मेशिनले हात काटियो

२१ मंसिर, क्वालालम्पुर । रोजगारीको लागि मलेसिया पुगेका एक युवाको कम्पनीमा काम गर्नेक्रममा बायाँ हात काटिएपछि पाचँ महिनादेखि ओछ्यानमा लडेर उपचार गराईरहेका छन् ।

क्वालालम्पुर नजिकै चेरासजयामा रहेको चोङ फि दाई कास्टिङ कम्पनीमा कार्यरत सिवागाविस वडा न ४ पाँचथरका शेरवहादुर सारु ‘रोशन’ गएको जुन २५ तारिखमा कम्पनीमा दुर्घटनामा परेका थिए । काम गरिरहेको अवस्थामा मेशिन वन्द भएपछि उनी मेशिन सफा गर्न लागेका थिए । तर, एक्कासि मेशिन चलेपछि उनको हात मेशिनले थिचिदियो । त्यसपछि सेरडाङ अस्पतालमा लगिएका सारु अहिलेसम्म पनि उपचार गराईरहेका छन् ।


लामो समयसम्म उपचार भएपनि उनले हातका औलाहरुलाई वचाउन सकेनन् । नाडिवाटै हात काटिएको छ । अस्पतालले उनलाई केहि समय अगाडिसम्म एमसि लेखिदिएका कारण नियमित तलव पाएको भएपनि हाल एमसि पाएका छैनन् ।

कम्पनीले हालसम्म नियमित रुपमा अस्पतालमा उपचार गराईरहेको र इन्सोरेन्सको वारेमा पहल गरिरहेको बताईएको छ । तीन वर्ष अगाडि मात्रै मलेसिया आएका विवाहित शेरवहादुरको परिवारमा आमा वुवा,श्रीमति र दुई छोरा छन । पासपोर्टको नाम शेरवहादुर सारु भएपनि उनलाई सवैले रोशन भनेर चिन्ने गर्दछन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.