यौनशिक्षाको लागि गुगल र ब्लग सबैभन्दा उपयुक्त माध्यम
पछिल्लोपटक गरिएको एक अध्ययनले किशोरकिशोरीहरुका लागि यौन दिन गुगल तथा विभिन्न ब्लगहरु सबैभन्दा उपयुक्त माध्यम बन्ने गरेका देखाएको छ । किशोरकिशोरीहरुले आफ्ना अभिभावक तथा विद्यालयका शिक्षकशिक्षिकाहरुमा यौन सम्बन्धि शिक्षाको कमी रहेकाले आफुले पूर्ण यौन शिक्षा लिनका लागि साइबरमा जान चाहने बताएका छन् । सर्वेक्षणका क्रममा २५ वर्ष भन्दा कम उमेरका युवायुवती तथा किशोरकिशोरीहरुलाई सामेल गराइएको थियो । त्यस क्रममा एक चौथाइले विद्यालयका पाठ्यक्रममा यौन तथा प्रजनन सम्बन्धि शिक्षा पर्याप्त नभएको बताएका छन् ।
अध्ययनकर्ताहरुले इन्टरनेटको बढ्दो प्रयोगले किशोरकिशोरीहरुमा यौनिक विचलन तथा कुलत बढ्ने खतरा बढेको भएपनि उनीहरुलाई प्रभावकारी यौन शिक्षा प्रदान गर्न अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट नै सबैभन्दा कामयावी माध्यम रहेको बताउँछन् । यौन शिक्षा सम्बन्धि विभिन्न ब्लगहरु तथा सर्च इन्जिन गुगलमार्फत सजिलैसँग यौन तथा प्रजनन सम्बन्धि चाहिएका कुराहरु खोज्न सकिने भएकाले पनि ब्लग र गुगल यौनशिक्षा प्रदान गर्ने गुरुको रुपमा स्थापित भएको जिकिर उनीहरुको छ ।
0 comments
Write Down Your Responses