नायिका अनुष्का शर्माले गराइन् ओठको प्लाष्टिक सर्जरी

नायिका अनुष्का शर्मा बलिउडमा अहिले चर्चित छिन् । चलचित्र ‘जब तक हे जान’मा उनले गरेको अभिनयको सर्वत्र चर्चा पनि भइरहेको छ । तर चलचित्र प्रदर्शन भएको तिन साता बितिसक्दा पनि अनुष्काको चर्चा रोकिएको छैन । अनुष्काको चर्चा पछिल्ला दिनमा चुलिनुको मुख्य कारण उनले गरेको ओठको प्लाष्टिक सर्जरी हो ।



अनुष्काले ओठको सर्जरी गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हालै मात्र आफु अभिनित चलचित्र ‘मटरु की बिजंली की मंडोला’को प्रमोशनमा पुगेकी अनुष्काको ओठ फरक देखिएपछि उनले प्लाष्टिक सर्जरी गरेको खुलासा भएको हो । अनुष्काले गरेको प्लाष्टिक सर्जरी बलिउडका नायिकाले गरेको सर्जरीको सुचिमा सबैभन्दा नराम्रो भएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.