युद्ध र द्धन्द्धको पीडा नभोगेका दलहरुले शान्तिप्रक्रिया भाँड्न खोज्छन् : प्रधानमन्त्री

२ माघ, लुम्बिनी । प्रधानमन्त्री डक्टर बाबुराम भट्टराईले युद्ध र द्वन्द्वको पीडा नभोगेका दलहरुले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाउनु भएको छ । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोपमा पक्राउ परेकालाई छुटाउने आफ्नो प्रयासको चौतर्फी बिरोध भएपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।

लुम्बिनी भ्रमण बर्षको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेतर्फ लक्षित गर्दै उनीहरुले शान्ति प्रक्रिया भाँड्न र देशलाई पुरानै अवस्थामा फर्काउने खोजेको आरोप लगाउनु भयो । युद्ध र द्वन्द्वको पीडा नभोगेका दलहरुबाट शान्ति नहुने भन्दै प्रधानमन्त्री भट्टराईल केही दल र तीनका नेता शान्ति प्रक्रिया भाँड्न उद्दत रहेको आरोप लगाउनु भयो । शान्ति प्रक्रियाको मर्म नबुझी कुनै दल र तीनका नेता तथा कार्यकर्तालाई दोषी ठह¥याइए अन्याय हुने प्रधानमन्त्रीको भनाइ थियो ।

परिवर्तन नचाहने शक्तिले शान्ति प्रक्रियामा भाँजो हाल्ने खोजेको उहाँको भनाइ थियो । परिवर्तन चाहने र नचाहने शक्तिबीच द्वन्द्व हुनु स्वभाविक रहेपनि गणतन्त्र चाहने र नचाहने दलहरुबीच हुनुलाई प्रधानमन्त्रीले विडम्वना भन्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.