नेपालीहरुले अष्ट्रेलियामा मनाइयो माघेसक्रान्ति
अष्ट्रेलियाका नेपालीहरुले पनि तरुल, चाकु र तिलको लड्डु खाएर माघेसक्रान्ति मनाएका छन् । नेपालीहरुको बाक्लो बसोवास रहेका सिड्नी, मेलवन, पर्थ र वि्रसवन जस्ता शरहका सव अर्वहरुमा नेपालीले संचालन गरेको ग्रोसरीमा पसलमा सहजै रुपमा चाकु र तिलको लड्डु उपलब्ध थियो । नेपाली बहुल सवैजसो शहरमा बिभिन्न कार्यक्रम आयोजना गरि माघेसक्रान्ति मनाएका खवरहरु प्राप्त भएका छन् ।नेपाली शेफ सुरज प्रधानका अनुसार यो वर्ष अष्ट्रेलियको छिमेकी देश फिजीमा गएको आँधीका कारण तरुलको आयात कम भएपनि नेपालीले परिवारमा भेला भएर यो पर्व मनाएका छन् ।
माघेसंक्रान्तिको अवसरमा मगर समाज अष्ट्रेलियाले सिड्नीको म्यारिकभिलमा माघि उत्सवको आयोजना गर्यो । जनवरी १२ तारिख शनिवार आयोजित उक्त कार्यक्रममा परम्परागत रुपमा पितृ पुजा गर्नुका साथै एक आपसमा शुभकामना आदान-प्रदान गरिएको थियो । मगर संघ अष्ट्रेलियका अध्यक्ष राजेन्द्र थापा मगरका अनुसार नेपाल राष्ट्रिय मगर संघले केही वर्ष अघिदेखि माघेसक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउँदै आएको छ ।
कार्यक्रममा मौलिक खानाका परिकारहरु, मगर सँस्कृति झल्कने भेषभुषा, पहिरनहरु र विभिन्न नाचगान प्रस्तुत गरेका थिए । आदिवासि जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । राजेश केसी, दिल तामाङ, सुनिल गुरुङ, सुजन थापा मगर, दिपेश पुन लागयतले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

0 comments
Write Down Your Responses