नेपालीहरुले अष्ट्रेलियामा मनाइयो माघेसक्रान्ति

अष्ट्रेलियाका नेपालीहरुले पनि तरुल, चाकु र तिलको लड्डु खाएर माघेसक्रान्ति मनाएका छन् । नेपालीहरुको बाक्लो बसोवास रहेका सिड्नी, मेलवन, पर्थ र वि्रसवन जस्ता शरहका सव अर्वहरुमा नेपालीले संचालन गरेको ग्रोसरीमा पसलमा सहजै रुपमा चाकु र तिलको लड्डु उपलब्ध थियो । नेपाली बहुल सवैजसो शहरमा बिभिन्न कार्यक्रम आयोजना गरि माघेसक्रान्ति मनाएका खवरहरु प्राप्त भएका छन् ।

नेपाली शेफ सुरज प्रधानका अनुसार यो वर्ष अष्ट्रेलियको छिमेकी देश फिजीमा गएको आँधीका कारण तरुलको आयात कम भएपनि नेपालीले परिवारमा भेला भएर यो पर्व मनाएका छन् ।

माघेसंक्रान्तिको अवसरमा मगर समाज अष्ट्रेलियाले सिड्नीको म्यारिकभिलमा माघि उत्सवको आयोजना गर्‍यो । जनवरी १२ तारिख शनिवार आयोजित उक्त कार्यक्रममा परम्परागत रुपमा पितृ पुजा गर्नुका साथै एक आपसमा शुभकामना आदान-प्रदान गरिएको थियो । मगर संघ अष्ट्रेलियका अध्यक्ष राजेन्द्र थापा मगरका अनुसार नेपाल राष्ट्रिय मगर संघले केही वर्ष अघिदेखि माघेसक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा मौलिक खानाका परिकारहरु, मगर सँस्कृति झल्कने भेषभुषा, पहिरनहरु र विभिन्न नाचगान प्रस्तुत गरेका थिए । आदिवासि जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । राजेश केसी, दिल तामाङ, सुनिल गुरुङ, सुजन थापा मगर, दिपेश पुन लागयतले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.