माओवादीहरुको सातौं महाधिवेशनको संक्षिप्त विश्लेषण

बिपिन घरब्जा, छन्त्याल-
एकिकृत माओवादीको सातौं महाधिवेशन एउटा महत्वपुर्णका साथ भइरहेको छ भनेर उनीहरुको भाषामा भन्ने गरिन्छ l नौ पृष्ठ लामो प्रचण्डको दस्तापेज माथि यो लेख तयारपार्दा सम्म छलफल चलिरहेको छ l प्रचण्डको दस्तापेज र उनले बोल्ने आंशिक भाषालाई आधार मान्ने हो भने उनीहरु मार्क्सवादी विचार, धाराबाट बिचल्ली भइसकेका छन् l प्रचण्डकै भाषामा भन्ने हो भने जनक्रान्ति  सकेर समाजवादी तिर लम्केको छ भन्छन् देश l

यदी नेपाली जनताको आम समस्यालाई नवुझी जनवादी क्रान्ति सक्यो भन्ने प्रचण्ड अर्को नवसंसोधनवाद र पुँजीवादी कित्तामा पार्टीलाई "Save Landing" गर्न खोजेको कुरा हामी सबैले बुझ्नु पर्छ l  होइन भने जनवादी क्रान्ती सकिएको ढ्वांग फुक्ने उनीले नेपालको कुन समस्या समाधान गरियो ? बरु, उनीहरु सत्तामा पुगेर देशलाई घातक हुने "विपा"  सन्धि गरे l के यो नै हो र सफल जनवादी क्रान्ती ? १० औं हजार नेपाली जनताको वलिदान दिएर पार्टीले बनाएको मूल्य, मान्यतालाई कम्युनिष्ट पार्टीको नाम साम्राराज्यवाद र विस्तारवादको घुँडा मोलेर सत्ताको मोह खोज्ने यी प्रचण्ड बाबुरामले  हामी नेपाली जनतालाई खोक्रो समाजवादको कुरा गर्नु बेकार हो l 

साथै, विश्वक्रान्तिको  नयाँ रुप भनेर  मार्क्सवाद दर्शनको वदनाम एकिकृत माओवादीका नेताहरुले गरिरहेका छन् l मेरो भनाई यो पनि होइन कि बन्दुक बोक्दैमा क्रान्तिकारी हुने होइन l विचार, वाद जहाको भएपनि पार्टीले बोक्ने एजेन्डा के हो भन्ने कुरा स्पष्ट हुनुपर्छ l होइन भने यी माओवादी पनि एमाले पार्टी जस्तै बन्ने छ भन्दा फरक नपर्ला l

एकातिर समाजवादको कुरा गरेर कार्यकर्तालाई भुम्ररोमा राख्ने अर्कोतिर विदेशी दलालहरुको आशिर्वाद थापिरहनुले नेपालको आम परिवर्तन चाहनेहरुले यो दोहोरो चरित्रलाई कसरी बुझ्ने ? विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा नियाल्ने हो भने पुँजीवादको दलदलमा फस्दै गएको यो पार्टीले क्रान्तिको भाषण मात्र गरेर हुदैनन् l

क्रान्तिलाई मार्क्सवाद बिचलन गराएर आम श्रमजीवी नेपाली जनताको मुक्ति हुनै सक्दैन l माओवादीहरुले जनताको आकांक्षा अनुसार देशलाई विकासिल राष्ट्र बनाउने हो भने विकासका कुरा कोठाभित्र बन्द गरेर पूँजीवाद, साम्राज्यवादको अगाडी क्रान्तिको साँचो बोक्नु राम्रो नहोला ?

यी विकृति, विसंगति र विकास खोजिरहेका नेपाली समाजलाई माओवादी लगायत पार्टीहरुले विकासको मलाम लगाउनु आजको आवश्यकता हो l एकिकृत माओवादीले यी माथि उल्लेखित विषयहरुलाई सातौं महाधिवेशनबाट फस्योर्ट गर्नु पर्छ l अनि मात्र जनवादी क्रान्ति उचाईमा  पुगेको महासुस नेपाली जनताले गर्ने छन् l होइन भने केही नेताहरुले पार्टीलाई विदेशी पैसाको झोकमा जनतालाई धोका दिईयो भने नेपाली कम्युनिष्ट आन्दोलनले अर्को धक्का व्यहोर्नु पर्ने छ l

साथै, माओवादीहरु  कतिको सच्चा छन् भन्ने कुरा भोलिका दिनले बताउने छन् l र, नेपाली कम्युनिष्ट क्रान्तिको उपलब्धिहरु रक्षात्मक बनाउदै आमुल परिवर्तनको रेखा कोर्न सकिएन भने यो सातौं महाधिवेशनको उपलब्धि खेर जानेछ l  

0 comments

Write Down Your Responses

Powered by Blogger.