सेना परिचालन गरे चुनाव निष्पक्ष: पौडेल

 हेटौंडा, चैत ७ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले निष्पक्ष चुनावका लागि सेना परिचालन गर्नुपर्ने बताउनु भएको छ । पौडेलले संविधानसभा चुनावलाई निष्पक्ष र धाधली रहित बनाउन नेपाली सेनालाई ब्यारेकबाट बाहिर निकाल्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस  मकवानपुर क्षेत्र नम्बर ३ स्तरीय प्रशिक्षण कार्यक्रमको हेटौंडामा उद्घाटन गर्दै पौडेलले चुनावमा कसैले पनि भय र त्रासको वातावरण बनाउन नसकोस भन्नका लागि गाऊँगाऊँमा सेना परिचालन गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस उपसभापति पौडेलले लोकतन्त्रको सुदृढिकरण र विकासको एजेण्डा लिएर गाउगाउमा जान नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । सबै दल चुनावी तयारीमा लागेकाले अब असारको पहिलो हप्ताभित्र चुनाव हुने पौडेलको दावी छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.