इराकमा जेल सजाय भोगेका दुई नेपालीलाई आममाफी
काठमाडौं, चैत ६–इराकमा जेल सजाय भोगिरहेका दुई नेपालीलाई त्यहाँको सरकारले आममाफी दिएको छ । आममाफी पाउने चितवन भरतपुर नगरपालिका–२ का गोपाल अम्गाईं र मकवानपुर फाखेलका राजेश लामा रहेका छन् । माफी पाएलगत्तै उनीहरु स्वदेश फर्केका छन् । बिना भिसा इराक प्रवेश गरेको आरोपमा अम्गाईं र लामालाई त्यहाँको अदालतले डेढ बर्ष अघि पाँच पाँच बर्षको जेल सजाय सुनाएको थियो । विना भिसा प्रवेस गरेको आरोपमा उनीहरुलाई जेस सजाय गरिएको थियो ।
अम्गाईं र लामा निर्दोष रहेको भन्दै उनीहरुलाई आममाफी दिन नेपाल सरकारले लिखित रुपमै अनुरोध गरेपछि इराकले उनीहरुलाई आममाफी दिएको इराक समेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले जानकारी दिए । परिवारको आग्रहपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले इराकका प्रधानमन्त्रीलाई आममाफी दिन अनुरोध सहितको पत्र पठाएका थिए।

0 comments
Write Down Your Responses