हृदयघातवाट ओमानमा एक नेपालीको मृत्यु
ओमानमा हृदयघातका कारण एक नेपालीको ज्यान गएको छ । बिगत ६ बर्षदेखि ओमानको घाला मस्कटस्थित बलदिया कम्पनीमा कार्यरत लम्जुङका ३२ बर्षीय मिनबहादुर गुरुङको शुक्रवार को राति मृत्यु भएको हो । २४ मे राती को १ बजेसम्म साथीहरुसँग क्यारेम बोर्ड खेलेर सुतेका गुरुङ शनिवार २५ मे विहान मृत फेला परेका हुन् ।
मृतक गुरूङकी श्रीमती र एक बच्चा छन् । गुरूङको शव नेपाल पठाउने प्रकृया शुरु भैसकेको छ ।
0 comments
Write Down Your Responses