पूर्व सभासद हत्याको निशानामा प्रहरी चौकी

८ जेठ,सप्तरी । सोमबार राती धारिलो हतियार प्रयोग गरी विधंस तरिकाले हत्या गरिएका सप्तरीमा पूर्व सभासद सुदरुल मियाँको हकको हत्यामा प्रहरीकै संलग्नता रहेको हुन सक्ने आशंका बढ्दै गएको छ ।  हत्यारा पत्ता लगाउन धरानबाट झिकाइएको तालीम प्रप्त कुकुरले प्रहरी चौकीकै निशाना बनाएपछि उक्त घटना रहस्यमय बन्दै गएको हो ।


हत्यार पत्ता लगाउने छोडेको कुकुरले बाटोमा सुँघ्दै जाने क्रममा  प्रहरी कार्यालय कल्याणपुरमा गएर  रोकीएपछि  हत्यामा प्रहरीको संलग्नता रहन सक्ने सम्भावना बढेर गएको हो । तालिम प्राप्त कुकुरहरु उक्त चौकीबाट कतै पनि जान नमानेकाले उनको  हत्यारा त्यही चौकी भित्रका प्रहरी पनि हुन सक्ने निशाना लगाएपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।

उक्त चौकी पुग्न अघि ती कुकुरहरुले घटनास्थलदेखि तीन सय मिटर उत्तरतर्फ बाँसको झ्यांगमा सर्ट, चप्पल र डायरी फेला परेका थिए । उक्त फेला परेको वस्तुमा रगत लतपतिएको थियो । आन्दोलन पनि जारी राख्ने र इलाका प्रहरी कार्यालय भित्र छानबिन गरिने सहमति पछि सदरुलको शवलाई पोष्टमार्टमका लागि ल्याइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.