बलत्कार पछि हत्या गर्ने खत्री पक्राउ

-दीपक ओली
धनगढी, १६ साउन । जिल्ला प्रहरी कार्यालय बझाङले आठमहिना अघि महिलाको हत्या गरी फरार भएका एकयुवक पक्राउ गरेको छ ।
गत कार्तिक १४ गते बलत्कार पछि हत्या गरेर फरार रहेका मौलाली–४, रकैल का १९ वर्षीय धनराज खत्रीलाई पत्रकार सम्मेलन गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
भैरवनाथ–९ की १९ वर्षीया ललुदेवी जेठाराको हत्या गरेर फरार खत्रीलाई साउन ८ गते उनकै घरबाट पक्राउ गरिएको बझाङका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।
कात्तिक ८ गते स्थानीय झोता बजारबाट सरसामान खरिद गरेर माईती घर फर्किदै गरेकी खत्रीले ललुदेवीको हत्या गरेका थिए ।
कात्तिक ७ गते साथीहरुसँग मौलाली–४, रकैलस्थित माईतीघरबाट ललुदेवी नवमीका दिन कोटभैरव गाविसको थलारा खोलीमा लागेको जात्रा हेर्न गएकी थिईन् । मादक पदार्थ सेवन गरेका खत्रीले ललुदेवीलाई जवरजस्ती गर्ने क्रममा हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.