विश्व स्तनपान सप्ताह सुरु, स्तनपान बारे सचेत गराइने

काठमाडौं, श्रावण १७ । विश्व स्तनपान सप्ताह आजदेखि मनाइदैछ । हामी सवैले आमालाई सहयोग गरौ भन्ने नाराका साथ यो दिवस सात दिनसम्म मनाउन लागिएको हो । शिशु जन्मिएको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या वढाउन, कम्तिमा ६ महिनासम्म स्तनपान गराउनेको संख्या वढाउन तथा स्तनपानको महत्वको वारेमा स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष स्तनपान सप्ताह मनाउने गरिन्छ । आमाको विगौती दुध वच्चाका लागि पहिलो खोप हो भने यसमा रोगसंग लडन सक्ने तत्वपनि हुने चिकित्सकहरुको भनाई छ । सर्वेक्षण अनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र जम्मा ४५ प्रतिशत आमाले बच्चालाई दुध खुवाउने गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.