बाबुद्धारा झड्केली छोरी दुई वर्षदेखि बलात्कृत

बलात्कारको आरोपमा मोली गाविस वडा नम्बर ८ का ५१ वर्षीय बलराम दियालीलाई प्रहरीले पक्राउ गरेको छ । जेठी पत्नीको मृत्यु भएपछि दियालीले कान्छी ल्याएका थिए भने कान्छीसँगै ल्याइएकी झड्केली छोरी पनि उनीसँगै बस्दै आएकी थिइन् ।
कान्छी पत्नी पनि विरामी भएपछि उनले झड्केली छोरीमाथि बलात्कार गर्दै आएका प्रहरीले बताएको छ ।
किशोरीले चार महिनाको गर्भपतन समेत गराएको दाबी प्रहरी समक्ष गरेकी छन् ।
0 comments
Write Down Your Responses