सशस्त्र प्रहरीमा भर्ना गरिदिने प्रलोभन देखाएर रकम असुल्दै हिड्ने पक्राउ

सशस्त्र प्रहरीमा भर्ना गरिदिने प्रलोभन देखाएर रकम असुल्दै हिडेका जाजरकोट कार्कीबाडाका ३३ वर्षीय भक्तबहादुर सिंहलाई सशस्त्र प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ।
 आफू सशस्त्र प्रहरी निरीक्षक भरतसिंह भएको र बिभागबाट भर्ना छनोट निरीक्षण गर्न आएको बताउँदै
अभियुक्त सिंहले बेरोजगार युवाहरुलाई ठगी गर्दै आएका थिए।
 सशस्त्रकै पूर्ब बरिष्ठ हवल्दार रहेका सिंहले शशस्त्र प्रहरीको लेटरप्याड र मानवस्रोत बिकाश बिभागका एआईजी दुर्जकुमार राईको नामबाट केही युवाहरुलाई सशस्त्र प्रहरी निरीक्षकको नक्कली नियुक्ति पत्र समेत दिएका थिए।
 कोहलपुर क्षेत्रमा हिडिरहेका सिंहलाई सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी बल तालिम नौबस्ता बाँकेका सशस्त्र प्रहरी निरीक्षक ईश्वरीदत्त भट्ट र राजनलाल श्रेष्ठको टोलीले पक्राउ गरेको हो।
 सशस्त्र प्रहरीले अभियुक्त सिंहलाई थप कारबाहीका लागि बरामद कागजात र नगद सहित आजै ईलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको छ।
सिंह यसअघि अपहरणपछि हत्या गरिएका नौवस्ताका युवा राजु धिताल हत्याकाण्डमा मुछिएका अभियुक्त हुन्। अभियुक्त सिंहले आफू नेपाल नागरिक पार्टीका केन्द्रिय सदस्य भएको दाबी गरेका छन।
 अभियुक्त सिंहबाट सशस्त्र प्रहरीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राईको नामबाट भदौ १ गतेबाट तलब खानेगरी ६ जना परीक्षार्थीलाई नियुक्तिको सिफारिस गरेको पत्रका साथै ३२ हजार १ सय ८५ नगद, दुई थान मोबाइल पनि बरामद गरिएको छ। 
 सिंहको बरामद पेन ड्राइभमा सशस्त्र प्रहरी निरीक्षक प्रकाश मल्ल नाम गरेको परिचय पत्र समेत फेला परेको छ। अभियुक्तले प्रहरीको भर्ना वापत शुरुमा एक लाख ५० हजार र पछि १ लाख गरी २ लाख ५० हजार लिने गरेका थिए।
 त्यसैगरी एक जना कपडा ब्यापारीलाई सशस्त्र प्रहरीको स्वीटरको ठेक्का पारि दिन्छु भनी १ लाख ठगी गरेका थिए।
 बैक अफ काठमाण्डौको बैक ग्यारेन्टी, भेरी अञ्चल बस तथा मिनीबस व्यवसायी संघबाट प्राप्त गाडी धनीको प्रमाण पत्र समेत शसस्त्र प्रहरीले बरामद गरेको छ। 
 सिंह सशस्त्र प्रहरीमा रहदा दुई बर्ष लाइवेरियामा समेत बसेका थिए। नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा गएका सिंहले २०६४ सालमा जागिर छोडेका थिए।  सशस्त्र प्रहरीले २ हजार ६ सयको भर्ना खोलेको छ। 

0 comments

Write Down Your Responses

Powered by Blogger.