मीनबहादुर गुरुङ बिजनेश पर्सन अफ द इयरबाट सम्मानित
यस वर्षको एफएनसीसीआई नेशनल एक्सिलेन्स अवार्डबाट ठूला उद्यमी अन्तर्गत यूनिलिभर नेपाल, मझौला उद्यमी अन्तर्गत क्वेस्ट फर्मास्युटिकल्स र साना उद्यमीमा गेट पेपर इन्डस्ट्री पुरस्कृत भएका छन् ।
त्यस्तै सेवा क्षेत्र अन्तर्गत ठूला उद्यमीमा एनसेल, मझौलामा एड्भान्स पोली क्लिनिक र साना उद्यमीमा एफ वान सफ्ट इन्टरनेशनल सम्मानित भएका छन् ।
पिपल्स एक्सिलेन्स अवार्ड अन्तर्गत ठूला उद्यमीमा नबिल बैंक पुरस्कृत भएको छ ।
बिजनेश पर्सन अफ द इयरबाट व्यवसायी मीनबहादुर गुरुङ र एनआरएन विजनेश पर्सन अफ द इयरबाट डा. उपेन्द्र महतोलाई सम्मानित गरियो ।
त्यसैगरी बेष्ट ब्रान्डमा वाईवाई र एनसेल सम्मानित भएका छन् । महासंघले यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्डबाट उद्यमी प्रभाकर राणालाई सम्मानित गरेको छ
0 comments
Write Down Your Responses