साना हतियारको मुख्य कारोबारी पूर्वलडाकु

काठमाडौ, 
काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखाको टोलूीले मंगलबार ललितपुरबाट पेस्तोलसहित दिलबहादुर विकलाई पक्राउ गर्‍यो। सिन्धुपाल्चोकका विक ललितपुरमै बस्दै आएका थिए ।अवैध हतियार राखेको सूचनाको आधारमा पक्राउ पर्दा उनको साथबाट कटुवा पेस्तोल र तीन राउन्ड गोली फेला पार्‍यो।
 गत साउन १३ गते सुकेधारास्थित राजधानी पेट्रोलपम्पअगाडि ओखलढुङगाका हरि खत्री र रामेछापका दुर्गा खड्का पेस्तोलसहित पक्राउ परे। असार २२ गते नैकापमा दिनेश अधिकारी चरीलाई उनकै समूहका पूर्वसदसय राधे भण्डारीले गोली हानेर घाइते बनाए।
 दुई महिनाको अवधिमा उपत्यकामा साना हतियारको ती तीन घटना उदाहरण मात्र हुन्। पछिल्लो समय राजधानीमा साना हतियारको बिगबिगी बढेको आजको नागरिक दैनिकमा खबर छ।
 महानगरिय प्रहरी आयुक्त हेमन्तबहादुर पालले जनाए अनुसार पसिछल्लो समय पूर्व लडाकु हतियारको मुख्य स्रोत हुन्। उनले आपराधिक समूहसँग हतियार घटेको जानकारी दिँदै पछिल्ला समय पक्राउ परेका बिक्रेता र पूर्व लडाकुकै संख्या बढी रहेको बताए setopati

,

0 comments

Write Down Your Responses

Powered by Blogger.