सामूहिक बलात्कार पीडितद्वारा न्याय दिलाउन माग

दाङ, ११ भदौ । डेढ महिना अगाडि जिल्लाको गोल्टाकुरी गाविसकी एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही नभएको भन्दै पीडित युवतीकी आमाले घटनाका दोषीलाई
हदैसम्मको कारबाही गरी न्याय दिलाउन माग गर्नुभएको छ । उहाँले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी यस्तो न्याय माग गर्नु भएको हो । पीडितकी आमा सरिता वलीले राप्ती अञ्चल अस्पताल तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरले आफूहरुलाई अन्याय गरेको पनि सो पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
उहाँले आफ्नी छोरीको त्यस्तो अवस्था देखेको इलाका प्रहरी कार्यालय तुलसीपुर र राप्ती अञ्चल अस्पताल तुलसीपुरले घटनालाई फितलो पार्नेका लागि हामीले दिएको जाहेरीअनुसार जर्बजस्ती करणीमा मुद्दा दर्ता नगरी प्रहरीले फर्जी जाहेरीअनुसार जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको पीडितको आरोप छ ।
उहाँले गत असार २५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा मा आफनी छोरी तुलसीपुरबाट पढेर घर फर्किदै गर्दा फुलबारी गाविसको बगरपुरको नर्सरीमा डुरुवा–९ बस्ने वर्ष १८ को आशकुमार घर्तीलगायत पाँच जनाले सामूहिक रुपमा जर्वजस्ती करणी गरेको किटानी जाहेरी दिनुभएको थियो ।
इलाका प्रहरीले घटनामा संलग्नमध्ये डुरुवाका आशकुमार घर्तीलाई मात्र पक्रेको थियो । सो घटनाका अन्य चार आरोपित भने फरार नै रहेका थिए । प्रहरीले घर्तीलाई पक्रे पनि जिल्ला अदालतले यही साउन २० गते उनलाई सामान्य तारिखमा रिहा गरिदिएको वलीले बताउनुभयो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.