साफ फुटबलका लागि भारत र श्रीलंका काठमाडौंमा

काठमाडौं, भाद्र ११ । राजधानीमा हुन गइरहेको आठौं साफ च्याम्पियनसिप फुटबलको तिथि नजिकिंदै गर्दा उत्साह थपिंदै गएको छ । शनिबारदेखि हुने प्रतियोगिताका लागि आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले तयारीलाई अझ तीव्र पारेको छ भने सहभागिता जनाउने टिम आउने क्रम पनि जारी रहेको छ ।
आज भारत र श्रीलंकाको टिम काठमाडौं आइपुगेका छन् । ६ पटकको च्याम्पियन भारतले उपाधि रक्षाकै लागि काठमाडौं उत्रेको बताएको छ भने श्रीलंकाले बैंककमा गरेको तयारीले प्रदर्शन राम्रो गर्ने दावी गरेको छ । 
आयोजक नेपालको समूहमा भारत, एक पटकको च्याम्पियन बंगलादेश र पाकिस्तान रहेका छन् । अर्को समूहमा साविक उपविजेता अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् ।
यसैबीच, टिमहरुले अभ्यास खेललाई समेत निरन्तरता दिएका छन् । पाकिस्तानले नेपालको १९ वर्षमुनिको तथा १६ वर्षमुनिको राष्ट्रिय टिमसँग बराबरी खेलेको छ । 
मध्यान्तरसम्म खेलेको १९ वर्षमुनिको टिमले १–१ को तथा मध्यान्तरपछि खेलेको १६ वर्षमुनिको टिमले गोलरहित बराबरी खेलेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.