भियग्राको सहाराले ५४ बच्चाको बाउ

८७ वर्षको उमेरमा हालै परलोक भएका एरिजोनाको फोनेक्सका एक पुरुषले आफ्नो जिवनकालमा विभिन्न महिलासँगको संसर्गबाट ५४ जना बच्चा पाएको खुलासा भएको हो ।
सामुयल डेल्बर्ट व्हिटनी नामका ती पुरुषकी धर्मछोरी लेक्सी उडले गएको जुलाइमा आफ्ना धर्मबुवा व्हिटनीको निधनपछि उनको अपार्टमेन्टमा यौनबर्धक भियग्राका धेरै बोतल तथा ठूलो संख्यामा बच्चाका जन्मदर्ता प्रमाणपत्र फेला पारिन् ।
व्हिटनीले आफु बाँचुन्जेल यसबारेमा केहीपनि कुरा लेक्सीसँग खोलेका थिएनन् । तर धर्मबाउको मृत्युपछि उनको कोठामा यस्ता सामाग्री फेला परेपछि लेक्सी छक्क परिन् । अहिलेसम्म उनले बुवाको कोठामा ५४ जना बच्चाको जन्मदर्ता प्रमाणपत्र फेला पारिसकेकी छिन् । ६८ वर्षकी लेक्सी अहिले जन्मदर्ता प्रमाणपत्रमा भएका नामका मानिसहरुको खोजीमा लागेकी छिन् । ती सबै ५४ जना मानिसलाई भेट्टाएर एकट्ठा गरि एकअर्कामा परिचि गराएर दाजु भाइ र दिदी बहिनीको रुपमा बस्ने स्थितिको सिर्जना गर्ने ध्येय उनको छ । अहिलेसम्म ती पुरुषका केही सन्तान पहिचान भैसकेका छन् र उनीहरुले आफ्ना बुवाको जन्मदिन समेत मनाएका छन् । त्यस्ता सन्तानमा ६९ देखि १३ वर्षसम्मका छन् ।
0 comments
Write Down Your Responses