को–को थिए त मनीषाका प्रेमी ? पीडीएफ मुद्रण इमेल

एजेन्सी/ अमेरिकामा पाठेघर क्यान्सरको अप्रेसन गरेपछि हाल मुम्बईमा स्वास्थ्य लाभ गरिरहेकी अभिनेत्री मनीषा कोइरालाको जिन्दगीमा आएका चर्चित ब्वाइफ्रेन्डबारे भारतीय सञ्चारमाध्यमले बेली बिस्तार लगाएका छन् ।
 सम्भ्रान्त कोइराला परिवारकी नातिनी मनीषा एक समय बलिउडकी चर्चित हिरोइन थिइन् । मेघा उलको विज्ञापनमा अभिनय गरेपछि उनी नेपाली फिल्म ‘फेरि भेटाँैला’मा हिरोइन बनिन् । त्यसपछि उनी बलिउड फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । उनले पहिलोपटक सन् १९९१ मा सुभाष घईको ‘सौदागर’ फिल्मबाट हिरोइनका रूपमा बलिउडमा पाइला राखिन् । उनी बलिउडमा हंगामै मच्चाउन सफल भइन्् ।
फिल्मी सफलतासँगै उनको अफेयरको पनि निकै चर्चा चल्ने गथ्र्याे । बलिउड प्रवेशपछि उनको नाम सौदागरका हिरो विवेक मुस्रानसँग जोडियो । विवेकसँग उनको लामै समय प्रेम चलेको एजेन्सीले उल्लेख गरेका छन् । विवेकसँग सम्बन्ध अन्त्य भएपछि उनको नेपालका लागि तत्कालीन अस्ट्रेलियाली राजदूत क्रिस्पेन केनरोईसँग अफेयर चल्यो । मनीषाले राजदूत केनरोईसँग सन् २००२ मा ‘इन्गेजमेन्ट’समेत गरेकी थिइन् । पछि, मनीषा र केनरोईबीच खटपट भयो । जसकारण मनीषाले उनीसँग सम्बन्ध तोडिन् । 
मनीषाको नाम अर्का पुरुषसँग पनि जोडियो । ती पुरुष हुन्, अभिनेता नाना पाटेकर । नाना र मनीषाले ‘अग्निसाक्षी’ र ‘खामोसी दी म्युजिकल’मा सँगै काम गरेका थिए । एक समय उनीहरूको प्रेमको चर्चा निकै चलेको थियो । विवाहित नानाले मनीषालाई कान्छी पत्नी बनाउन चाहेकोसमेत खबर फैलिएको थियो । यही कुराले नानाको परिवारमा सधँै किचकिच हुन थालेपछि उनी बिस्तारै साइड लागेकी थिइन् ।
 नानासँग सम्बन्ध टुटेपछि मनीषा डिस्को जक्की हुसेनसँग प्रेममा परिन् । केही समयको प्रेमपछि हुसेनले मनीषासँग घरजम गर्न चाहेको बताए । तर, मनीषा उनीसँग बिहे गर्न राजी भइनन् । जसकारण यो प्रेमको अन्त्य पनि वियोगान्त हुन पुग्यो । मनीषा लन्डनमा फिल्म मेकिङ पढ्न गएको वेला फेरि उनको लभ पर्‍यो । ती युवा थिए– नाइजेरियन मूलका लन्डनवासी हब्सी सेसिल । फिल्म मेकिङ सिकुन्जेलसम्म ती हब्सीले मनीषालाई प्रेम गरे । मनीषा इन्डिया फर्किइन् । प्रेम पनि उतै छुट्यो । सेसिलसँग बिछोड भएपछि मनीषाको नाम आर्यन बेदी नामका अभिनेतासँग जोडियो । ‘सी’ ग्रेडका फिल्म खेल्नमा लीन हुने आर्यन र मनीषाको प्रेम पनि निकै उदाहरणीय थियो । आर्यनकै कारणले मनीषाले ‘चाहत एक नशा’ नामक ‘सी’ ग्रेडको फिल्म खेलिदिएकी थिइन् । पछि, त्यो प्रेम पनि टुक्रियो । त्यसपछि मनीषाको जीवनमा सन्दीप अक्षय नामका अस्ट्रेलियन संगीतकारको प्रवेश भयो । ती संगीतकारसँगको सम्बन्ध पनि लामो टिकेन ।
 त्यसपछि मनीषा प्रशान्त नामका युवकसँग नजिकिएको एजेन्सीको दाबी छ । प्रशान्तको परिवारले मनीषासँगको सम्बन्धको घोर विरोध गरेपछि त्यो प्रेम पनि टुटेको बताइन्छ । एक समय मनीषा व्यापारी डोरिससँगको निकटताका कारण पनि स्क्यान्डलमा परिन् ।
 बलिउड करिअरको क्रममा मनीषाको विभिन्न एघार पुरुषसँग अफेयर चलेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । त्यसमध्ये अन्तिममा पर्छन्, सम्राट दाहाल । बलिउड करिअर धूमिल हँुदै गएपछि मनीषाले सम्राटसँग बिहे गरेकी थिइन् । तर, उनको दाम्पत्य जीवन पनि टिक्न सकेन । पति सम्राटसँग छुट्टिएर अध्यात्मतिर ढल्किएकी मनीषा अचेल एक्ली छिन् । क्यान्सर रोगलाई जितेर अदम्य साहसका साथ अघि बढिरहेकी मनीषा केही समयपछि माइतीघर फर्कने सोचमा छिन् । उनले ‘फेरि भेटाँैला’ खेलेको करिब डेढ दशकपछि दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘धर्मा’मा अभिनय गरेकी थिइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.