क्षमता भन्दा वढी तौल बोकेको कारण सीता एयरको जहाज दुर्घटना:प्रतिवेदन सार्वजनिक

१९ जनाको मृत्यु भएको भक्तपुरको मनोहरामा भएको दुर्घटना छानविन गर्न गठित आयोगले पर्यटन तथा
नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यस्तो जनाइएको हो । प्रतिवेदनमा जहाजमा आवश्यकता भन्दा बढी तौल राख्नुलाई दुर्घटनाको मुख्य कारण देखाइएको छ
प्रतिवेदनअनुसार जहाजमा यात्रु तथा कार्गो दुबैको तौलमा सम्झौता गरी ‘टेक अफ वेट’ भन्दा बढी राखिएको थियो । काठमाडौंबाट लुक्लाका लागि उडेको जहाज गतवर्ष असोज १२ मा त्रिभुवन विमानस्थलको धावनमार्गदेखि ४ सय २० मिटर दक्षिण पुर्व मनहरा खोला छेउमा दुर्घटना भएको थियो । जहाजमा अधिकतम तौल ५ हजार ८ सय ३६ हुनुपर्नेमा त्यतिबेला टेक अफ वेट ५ हजार ९ सय १४ किलो रहेको प्रतिवेदनमा उल्लेख छ ।
विमानकम्पनीले आफ्नो जहाजको ‘लोड सिट’ मा टेक अफ वेट ५ हजार ५ सय ३४ देखाएको थियो । त्यसमा अन्य ब्यागेजको तौल समावेश गरिएको थिएन । छानबिनका क्रममा ब्यागेजको वास्तविक तौल कति थियो, प्रमाणित गर्न नसके पनि विमानकम्पनीले ८० किलोभन्दा बढी ब्यागेज भएको हुन सक्ने बताएको प्रतिवेदनमा छ । छानबिनका क्रममा युरोपियन ट्राभल कम्पनीले भारको पक्षमा तीन गलत गणना भएकाले समस्या देखिएको बताएको छ ।
छानबिन आयोगलाई कम्पनीले पनि अनुसन्धानमा सघाएको थियो । प्रतिवेदनका अनुसार धेरै उडान हुदाँ १ किलो कम भार देखाएपनि बास्तवमा त्यो टेक अफ वेटभन्दा २३ किलो बढी भएको पाइएको छ । उडान गरेको केही सेकेन्डमै जहाजमा चरा पनि ठोक्किएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको थियो । तर यो अनुमान सही नभएको प्रतिवेदनमा छ ।
0 comments
Write Down Your Responses