रुसी संसदमा रजस्वला हुँदा महिलालार्इ बिदा दिने प्रस्ताव

राष्ट्रिय एलडीपीआर पार्टीका सदस्य ३२ वर्षे मिखाइल देगत्रारयोवले यतातिर ध्यान आकषिर्त गराएका हुन् ।
उनले निजी वेवसाइटमा समेत कार्यस्थलमा महिलाको सुरक्षा वृद्धिका लागि एक योजनासमेत तयार गरेको बताएका छन् । उनी विवाहित र दुई सन्तानका पिता हुन् । अधिकांश महिलालाई यो अवधिमा शारीरिक एवं मनोवैज्ञानिक समस्या हुन्छ ।
उनी मस्कोमा ८ सेप्टेम्बरमा हुने निर्वाचनमा उममेदवार पनि छन् । यतिबेला महिलालाई निकै थकान हुने गरेको उनले बताए ।
उनका अनुसार यो अवस्थामा स्मरणशक्ति कमजोर हुनुका साथै कार्यक्षमतामा पनि नकारात्मक प्रभाव पार्छ । उनको मागलाई अर्थहीन तर्क भन्दै मानव अधिकारवादीले अस्वीकार गरेको कान्तिपुर दैनिकमा खबर छ ।
मानव अधिकार समूहमा आवद्ध अन्ना सोवकोले यो मुद्दामा बहस गर्नु व्यर्थ भएको बताइन्
0 comments
Write Down Your Responses