छात्रालाई बलात्कार गर्ने शिक्षक फन्दामा

सर्लाही जिल्ला कविलाशीका बासिन्दा ठाकुरले गत मङ्गलबार राति छात्रावासमा सुतिरहेकी अन्दाजी १६ वर्षीया एक छात्रालाई बलात्कार गरेका थिए ।
छात्राको उजुरीकै आधारमा ठाकुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको इप्रका गौशालाका प्रहरी निरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
यता विद्यालयका छात्रछात्रा र विद्यालय आसपासका बासिन्दाले ठाकुरमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरीले ठाकुरसँगको बयानपछि अदालती कारबाही तत्काल सुरु गरिने जनाएको छ ।
0 comments
Write Down Your Responses