शिक्षक आन्दोलनले मकवानपुरका विद्यालय ठप्प, २१ हजार विद्यार्थी मारमा

नेपाल संस्थागत बिद्यालय शिक्षक युनियन नेपाल–ईस्टु र संस्थागत बिद्यालय शिक्षक युनियन इस्टु को अगुवाइमा शिक्षकहरु आन्दोलित भएका हुन् । बन्द खुलाउनका लागि पटकपटक वार्ता भएपनि निष्कर्ष निस्कन नसकेपछि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
कार्यदल गठन गर्ने र त्यसको सिफारिसका आधारमा माग पूरा गर्ने विद्यालय सञ्चालकले बताएपनि शिक्षकहरुले सरकारी बृद्धि अनुसार तत्काल १८ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।
यसैबिच, माग पूरा गराउन दुई दिनदेखि नेपाल–ईस्टुकी केन्द्रिय सदस्य करुणा थापा र शिक्षक दिपक गिरी आमरण अनशनमा बसेका छन् । मकवानपुरका ७३ निजि बिद्यालयमा एक हजार पाँच सय जना शिक्षक कार्यरत छन् ।
0 comments
Write Down Your Responses