७५ लाख भारु टाउकाको मूल्य तोकिएका इमुका भटकल नेपालमा पक्राउ !

भारतीय गृह मन्त्रालय स्रोतलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले उनी नेपाल सीमाबाट पक्राउ परेको जनाएको छ। इन्डिया टिभीले भने भारतीय प्रहरीले नै नेपालमा आएर उनलाई पक्राउ गरेको जनाएको छ। एबीपी न्युजले नेपाल प्रहरीको सहयोगमा उनलाई पक्राउ परेको दावी गरेको छ।
भटकल सन् २०११ सेप्टेम्बर ११ मा दिल्ली उच्च न्यायालयमा भएको बम विस्फोटमा संलग्न रहेको भारतीय प्रहरीको दावी छ। उक्त विस्फोटमा १२ जनाको मृत्यू भएको थियो। भारतीय प्रहरीका अनुसार उनी इन्डियन मुजाहिद्दिन (इमु) नामक आतंकवादी संगठनको संस्थापक नेतासमेत हुन्। उनी यसबाहेक अन्य बम विस्फोटका घटनासँग पनि जोडिएका छन्।
केही समय यता भारतीय मोस्ट वान्टेडहरु नेपाली सीमावर्ती सहरबाट पक्राउ पर्नेक्रम बढेको छ। दुई साता अघिमात्रै पक्राउ परेका अब्दुल करिम टुन्डा नेपालबाट गिरफ्तार भएको या भारतीय सीमावर्ती बजारमा पक्राउ परेको भन्ने विवाद चर्किएको थियो।
नेपालीले सञ्चाल गरेको जर्मन बेकरीमा बम विस्फोटमा पनि यिनै हात रहेको प्रहरीको निष्कर्ष छ। पुणेमा बम विस्फोट हुँदा नेपालीसमेत परेका थिए।
0 comments
Write Down Your Responses