रोजगारीको सिलसिलामा मलेसिया पुगेका ९ महिला अलपत्र

काठमाडौं, १३ भदौं। विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका ९ जना महिला कामदार भोकभोकै बस्न बाध्य भएका छन् ।
परिवारका अनुसार उनीहरू मलेसियामा अलपत्र छन् । पुसमा जिल्लास्थित विभिन्न एजेन्टमार्फत मलेसिया पुगेका ९ महिला अलपत्र परेको परिवारले बताए । तलबसमेत नपाएका उनीहरू ४ दिनदेखि भोकभोकै छन् । फर्काउनका लागि कुनै पहल गरिएको छैन । चितवन भण्डाराकी जुनु छेत्री तामाङले चार दिनदेखि केही खान नपाएको बताएकी छन् ।
परिवारका अनुसार उनीसहित विभिन्न जिल्लाका ती ९ महिला अलपत्र छन् । जुनुका १ छोरा, दुई छोरी र श्रीमान् छन् । ुमलेसिया गएको ३ महिनापछि मात्र उनीसँग सम्पर्क भएको थियो,ु श्रीमान् द्रोण केसीले भने, पैसा पठाउने कुरा त परै जाओस् घर फर्काउनसमेत समस्या भयो ।ु उनले मलेसिया पठाउने दलालसँग फर्काइदिन आग्रह गरे पनि वास्ता नगरेको बताए ।
अहिले घरमा रुवाबासी छ । दलालले फसाएर मलेसिया लगेको भन्दै परिवार समस्यामा परेका हुन् । केसीका अनुसार जुनुसहित ज्ञानु राना बारा, सरिता लामा रामेछाप, रोमा थापामगर ललितपुर, ओमकुमारी श्रेष्ठ धनुषा, प्रेमकुमारी राई इलाम, देवी तामाङ ओखलढुंगा छन् । त्यस्तै गोरी साही सल्यान, गोमा थापामगर ललितपुर छन् । मलेसियाको गोल्ड च्वाइस फुड इन्ट्रिजमा काम गर्न गएका उनीहरू त्यहीं अलपत्र परेका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.