ज्योति भवन काठमाडौंमा लागेको आगो नियन्त्रणमा

विभिन्न कार्यालय तथा शो रुमहरु रहेको ज्योति भवनको दोस्रो, तेस्रो र चौथो तल्लामा आगलागी भएको हो । आगलागीबाट नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखामा सबैभन्दा बढी क्षति भएको छ
आगलागिबाट बैकका कागजात, फर्निचरहरु जलेर नष्ट भएका छन् । भवनको तल्लो तल्लामा भएको मोटरसाइकल शोरुममा भने आगोले क्षति गर्न पाएको छैन। आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागि काठमाडौ, लिलतपुर, भक्तपुर, नेपाली सेना र नेपाल प्रहरीको ५ वटा दमकलको प्रयोगबाट आगलागि नियन्त्रणमा आएको हो ।
आगो लागेको समयमै पुगेको दमकल र सुरक्षा निकायको प्रयासले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीका कारण जमलको कान्तिपथ क्षेत्र अस्तव्यस्त भएको छ । त्यस क्षेत्रमा यातायात संचालनमा पनि रोक लगाइएको छ । आगलागीबाट पुगेको क्षतिको विवरण खुलेको छैन ।
0 comments
Write Down Your Responses