छुरा रोप्ने छ आरोपी पक्राउ

सप्तरी- छुरा प्रहार गरी विद्यार्थीको हत्या गरेको आरोपमा आज प्रहरीले मुख्य अभियुक्तसहित छजनालाई पक्राउ गरेको छ। कृष्ण जन्माष्टमीको अवसरमा राजविराज–१ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा हिजो साँझ धार्मिक कार्यक्रम भइरहेको बेला युवाको समूहले छुरा प्रहार गरी राजविराज–३ निवासी १७ वर्षीय
अनिल मण्डलको हत्या गरेको थियो।
घटना भएको १२ घण्टा नबित्दै सप्तरी प्रहरीले छुरा प्रहार गर्ने मुख्य आरोपी राजविराज–७ निवासी २१ वर्षीय रविन मण्डलसहित छ जनालाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए। 
पक्राउ परेकालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सप्तरीका प्रहरी उपरीक्षक अमात्यले घटनामा संलग्न रहेका मुख्य अभियुक्त मण्डलसँगै सप्तरी खड्गपुर–५ का रुपचन्द्र यादव, राजविराज–७ का विशालकुमार राउत, सोही ठाउँका कृष्ण यादव, सुरज मेहतर र सुरेन्द्र साहलाई पक्राउ गरेको जानकारी दिए। 
राजविराज वडा नं ७ र ३ का युवा समूहबीच भएको भिडन्तमा मण्डललाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएपछि स्थानीयले राजविराजस्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए। सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लैजादै गर्दा उनको बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.