छोराको उपचार गराउन आएकी आमा झुण्डिएको अबस्थामा फेलापरेपछि

१५ भदौ, नेपालगँज ।  छोराको उपचार गर्न रोल्पा खाराबाट आएकी  २४ बर्षीया मैसरा बुढाको रहस्यमय मुत्यु भएपछि  अस्पतालको सथ्यामा रहेका छोराको विचल्ली भएको छ ।  बुढाको कोरियानपुर स्थित  एउटा घरको झ्यालबाहिर  झुण्डिएको अबस्थामा शब फेला  परेपछि नेपालगँज शिक्षण अस्पतालमा  भर्ना  भएका १३
बर्षीय छोरा भिम बहादुर  बेसहारा  भएका हुन् । उनी इन्सफ्लाइटिसले सिकिस्त  भइ शिक्षण अस्पतालमा  ६ गते देखि भर्ना भएका थिए ।  स्याहार सुसार गर्दै आएकी  बुढाको विहिबार  शब फेला परेको थियो ।
 “राती ९ बजेतिर पानी लिएर आउँछु भन्दै  बाहिर गएकी हुन । भोलीपल्ट शब फेला परेको सुन्नुप¥यो,”  भिम बहादुर भएको वार्डमै  छोरीको उपचार गराइ रहेकी  रोल्पाकै एक महिलाले भनिन् “म पनि  घर फर्कन्छु । यो बालकको विचल्ली भयो ।” अनाथ भिम बहादुरको शुक्रबार देखि रेखदेख गर्ने कोहि छैन ।  अन्य विरामीका कुरुवाले दिसा पिसाब गराउन  लाने र ल्याउने गरेका छन ।  डुब्रिङ ९ खारा गाउँकी  मैसराको शब बेबारिसे अबस्थामा शिक्षण अस्पतालमा  राखिएको छ ।  छोरालाई  पीआइसीयुबाट  सामान्य बेडमा सारिएको छ ।  “शुक्रबार साझसम्म  किशोरका आफन्त कोहि आएका छैनन्” नेपालगँज मेडिकल कलेज शिक्षण अस्पतालकी स्टाफ नर्स रोसनी तिवारी बताएको आजको कान्तिपुरले लेखेको छ ।
इन्सेफ्लाइटिसले अचेत किशोरको होस आएको छ । आमा भन्दै रोइरहन्छ । चिकित्सकले होसमा आएपनि  बालकको बाया अंग पक्षघात भएको बताएका छन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.