गाविस पूर्व उपाध्यक्षमाथि बलात्कारको आरोप

काम गर्न जाने क्रममा बाटोमा शाहले बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । मदिरा सेवन गरेर पसलमा बसेका शाहले चिया खाउँ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । गाविसका पूर्व उपाध्यक्ष शाहीले बुधबार दिउँसो ११ बजे बलात्कार गरी आफ्ना छोरालाई पिठ्युँमा बोकाएर पीडित वृद्धालाई उनकै घरमा पुर्याएको बताइएको छ ।
बलात्कारपछि आक्रोशित परिवारले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका छन् । बलात्कार गर्ने शाही जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र कारबाही सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
0 comments
Write Down Your Responses