सुत्केरी हुन महिना दिन होटल
.jpg)
होटलमा बस्दा ६० हजारभन्दा बढी खर्च भयो गाउँमै यो सेवा पाएको भए एक/दुई हजारको औषधीले हुन्थ्यो,' उनले भनिन्।
दुई साता यहीँको होटलमा बसेको बारपाक–२, मान्द्रेकी तालुमाया गुरुङले पनि मंगलबार शल्यक्रियाबाट छारेी जन्माइन्। उनले दुई साता अझै सदरमुकाम मै आराम गर्नुपर्छ। बारपाकको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नभएकोले बच्चा जन्माउन सदरमुकाम आउनु परेको उनले बताइन्।
कृष्टिना र लालुमाया मात्र होइन, स्वास्थ्य चौकीका भरोसा नलागेर गोरखका विभिन्न गाउँबाट मासिक दर्जनौं महिला प्रसूतिका लागि सदरमुकाम आउँछन् र होटलमा बस्छन्। जिल्ला अ्पतालमा जचाएर गाउँ फर्कन असजिलो हुने भएकोले सदरमुकाममै बस्नुको बिकल्प नभएको सेवाग्राही बताउँछन् ।
0 comments
Write Down Your Responses