पाठेघरभित्र साढे पाँच किलोको ट्युमर

इलाम कोलबुङ–४ देउराली घर भएकी ४८ वर्षीया विष्णुमाया राईको पाठेघरबाट शल्यक्रियामार्फत चिकित्सकले त्यति ठूलो ट्युमर निकालेका हुन्। भद्रपुरको ओमसाई हस्पिटलमा राईको शल्यक्रिया गरिएको हो।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जयकुमार ठाकुरले दुई घन्टा लामो शल्यक्रिया गरेर ट्युमर निकाल्न सफलता पाएको अस्पतालले जनाएको छ। पच्चिस र ३० वर्षका दुई सन्तानकी आमा राई ट्युमरका कारणले छ महिनादेखि अस्वाभाविक ढङ्गले पेट दुख्न र बढ्न थालेपछि उपचारका लागि अस्पताल आएकी थिइन्। बेलैमा उपचार नगरेको भए ट्युमरका कारण रक्तस्राव र दुखाइबाट बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहेको उपचारमा संलग्नचिकित्सक बताउँछन्। रासस
0 comments
Write Down Your Responses