व्यवसायीद्वारा मासु बिक्री बन्द

रत्ननगर (चितवन), १७ भदौ । चितवनका मासु व्यवसायीले आजदेखि जिल्लामा खसीबोकाको मासु बिक्री बन्द गरेका छन् ।
प्रशासनले नियन्त्रणमा लिएका न्यू क्वालिटी मिट सप्लायर्सका सञ्चालक तहिब आलम, मामा मिट सप्लायर्सका साबिर अन्सारी र साहिद मिट सप्लायर्सका शाहिद अन्सारीको रिहाइको माग गर्दै व्यवसायले
मासु बिक्री बन्द गरेका हुन् ।
चर्काे मूल्यमा मासु बेचेको आरोपमा उनीहरुलाई फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । केही दिनअघि उनीहरुले मासुमा चर्काे मूल्यवृद्धि गरेपछि चितवन प्रशासनले यथास्थितिमै मूल्यमा काम गर्न निर्देशन दिएको थियो ।
तर व्यवसायीले निर्देशन अटेर गरेपछि अनुगमन गरेर चर्का मूल्य लिनेलाई पक्राउ गरिएको हो । बर्डफ्लुको सन्त्रासको मौका पारेर मूल्यवृद्धि गरेको आरोप उनीहरुमाथि छ । उनीहरुले न्यूनतम रु २० देखि १०० सम्म खसीको मासुमा मूल्यवृद्धि गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.