लागूऔषध सहित दुई जना पक्राउ
सिरहा, १७ भदौ । प्रहरीले लागूऔषधसहित दुई जनालाई सिरहाको ठाडीबाट पक्राउ गरेको छ ।
प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीका अनुसार भारतीय सीमावर्ती नाकाबाट स.३ प १४०२ नम्बरको
मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मौवाही–३ का शोभाकान्त चौधरी र ब्रम्हानगोर्छारी–५ का सञ्जीव चौधरी रहेका छन् ।
डायजीपाम ९० थान, फेनारगन ९० थान, लुपिजेसीक ८९ थान र फोरपीन ९० थान बरामद भएको छ
ठाडी नाकाबाट पर्याप्त लागूऔषध ओसार पसार भइरहेको सूचनाका आधारमा सुरक्षा कडा पारिएको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses