पापी बाबुले रोल्पामा छोरालाई बिष खुवाए

दुईवटी विवाह गरेका पुनले कान्छी श्रीमतीलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन लैजाने बहाना
बनाएर लिबाङ ६ आर्मी ब्यारेक नजिक मानिस नभएको घरमा विषादी खुवाएर त्यही छोडी भागेका थिए ।
सुनसान घरमा आठ वर्षीय बालकलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाए लगत्तै बालकलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि भर्ना गरेको थियो ।
छोरालाई विषादी खुवाउने टेकबहादुर भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
0 comments
Write Down Your Responses