ओबामालाई रिपब्लिकन नेताहरुको सर्मथन

 न्यूर्योक, भाद्र १९ । सिरियामा सैनिक हस्तक्षेपका लागि तम्तयार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई रिपब्लिकन पार्टीका मूख्य नेताहरुले साथ दिने बचन दिएका छन् । ओबामालाई मूख्य रिपब्लिकन नेताहरु
जोन बोईच्नर र एरिक क्यान्टोरले समर्थन गर्ने जनाउ दिएको बीबीसीले जनाएको छ ।
ओबामाले सिरियाली राष्ट्रपति बसार अल असदले सर्वसाधारणमाथि रासायनिक हतियार प्रयोग गरेको भन्दै सीमित सैनिक कारबाही गर्ने सोचाई बनाएका छन् । 
सिरियामा सैनिक कारवाही गर्नुअघि कांग्रेसबाट अनुमोदन गराउन आगामी हप्ता मतदान हुने अपेक्षा गरिएको छ । ओबामाको योजनालाई कांग्रेसले अनुमोदन गर्ने अपेक्षा गरिए पनि सिरिया आक्रमणले अमेरिकाको हालत अरु खराव हुने र ईराक र अफगानिस्तानमा भोग्नुपरेको असफलताको घटना दोहोरिने आशंका धेरै अमेरिकी नागरिकमा रहेको बताइएको छ । 
सिरियाको निकट सहयोगी रुसले रासायनिक हतियार प्रयोगको बहानामा सिरियामा आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिंदै आएको छ । सिरियामा केही दिनअघि भएको रासायनिक हमलामा झण्डै १५ सयले ज्यान गुमाएका थिए । 
गृहयुद्धका कारण सिरियामा झण्डै एक लाख ब्यक्ति मारिएका र २० लाख जनता विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.