६०१ नै प्रतिनिधिको सांसदको संख्या कायम गरियो
सहमतिमा भने मधेसी जनअधिकार फोरम नेपाल र ऊ सम्बद्ध मोर्चाले भने आन्तरिक बैठकपछि मात्रै सो निर्णयमा सहमति जनाउने बताएको छ।
समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सोही पार्टीको माग बमोजिम नै संविधानसभा सदस्य ६०१ नै कायम गर्न लागिएको नेकपा (एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।
आगामी मङ्सिर ४ गतेको निर्वाचन सम्पन्न गराउन हदैसम्म लचक बन्ने भन्ने उच्च्ास्तरीय राजनीतिक समितिको सहमति बमोजिम सबै खालका विधि र उपाय अवलम्बन गरिने उनले जानकारी दिए।
यसैगरी निर्वाचन प्रक्रियाको विरोधमा रहेको अर्को घटक नेकपा–माओवादीसँग उच्च्ास्तरीय राजनीतिक समितिले अनौपचारिक रूपमा गरेको वार्ता र संवादका आधारमा वार्तामा बस्न तयार देखिएको नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले जानकारी दिए।
नेता केसीले भने, “उच्च्ास्तरीय राजनीतिक समितिले नेकपा–माओवादीका नेताहरूसँग गरेको अनौपचारिक वार्ता सकारात्मक देखिएकाले औपचारिक वार्तामा बस्ने सहमति भएको छ। एकदुई दिनभित्र वार्ता हुन्छ।”
अनौपचारिक वार्ताका क्रममा नेकपा–माओवादी निर्वाचनप्रति सकारात्मक देखिएको जानकारी दिँदै नेता केसीले मङ्सिर ४ मा नै निर्वाचन सम्पन्न गर्न सबै विधि अवलम्बन गरिने जानकारी दिए।
यसैगरी समितिले नेपाली क्रिकेट खेलाडी शरद भेषवाकरलाई नेपाली नागरिकता प्रदान गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको एमाले नेता पन्तले जानकारी दिए।
भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत हुन्।
सङ्घीय समाजवादी पार्टीसँग बुधबार नै वार्ता हुन सक्ने र नेकपा–माओवादीसँग पनि बुधबार साँझ वा बिहीबार वार्ता हुनसक्ने नेता पन्तले जानकारी दिए। रासस
0 comments
Write Down Your Responses