मोबाइलबाट, पैसा कमाउने जुक्ति

हो, सिरान टेक्नोलोजीले ‘क्यास अन एड’ नामक मोबाइल एप्लिकेशन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ । त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ ।
एन्ड्रोइट अपरेटी सिस्टम भएको स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एड मार्फत लग अन गरेपछि एप्लिकेशन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेशन प्रयोग गर्न सकिन्छ। यसपछि मोबाइलमा घन्टी बज्ने वित्तिकै स्कि्रनमा डिजिटल विज्ञापन बज्छ ।
0 comments
Write Down Your Responses