सिरियामा विषालु ग्यास सरिनको प्रयोग भएको प्रमाण : अमेरीका

अमेरिकि विदेश मन्त्री जोन केरीले गत महिना सिरियाको राजधानी दमस्कस नजिकैको क्षेत्रमा सैयौं सिरियाली सर्वसाधारणको ज्यान जाने गरि गरिएको रासायनिक हमलामा सरिन नामक स्नायु प्रणालीमा असर गर्ने नर्भ एजेन्ट प्रयोग गरिएको बारे आफुसंग अब पक्का सबुत भएको बताएका छन्।
आपतकालीन कामदारहरु मार्फत हमला स्थलबाट संकलन गरिएका रगत तथा कपालका नमुनाहरुको जाँचको नतिजामा सरिन प्रयोग भएको देखिएको उनले बताएका हुन।
अमेरिकाले गत अगस्ट २१ मा सिरियाको राजधानीको बाहिरी भागमा भएको रासायनिक हमलाको दोष सिरियाली सरकारलाई लगाउँदै आएको छ।
राष्ट्रपति ओबामाले त्यसको बदलामा कारवाहीको अठोट गरेका छन् तर त्यसका लागि पहिले अमेरिकि कंग्रेसको समर्थन चाहिरहेका छन्।
बिषालु ग्यास प्रयोगको प्रतिकृयामा सिरियाली सरकार विरुद्ब सैनिक कारवाहीका लागि राष्ट्रपति ओबामाले गरेको आह्वानलाई अमेरिकि कंग्रेसले समर्थन गर्नेमा आफु विश्वस्त रहेको पनि विदेश मन्त्री केरिले बताएका थिए। यसै बिच फ्रान्सका प्रधानमन्त्री जां मार्क एरोले सोमबार अबेर संसदीय नेताहरुसंगको भेटमा सिरियामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने आरोपहरुबारे फ्रान्सेली गुप्तचर सेवाहरुले संकलन गरेका प्रमाणहरु प्रस्तुत गर्नेभएका छन्।
सरकारी सूत्रहरुले भने, गुप्तचर सूचनाहरुले सिरिया सरकारले सरिन तथा मस्टार्ड ग्यास लगायत एकहजार टन भन्दाबढी घातक रसायन भण्डार गरेको देखाएका छन्।
राष्ट्रपति फ्रांस्वां अल्याण्डले सिरियामा सैन्य अतिक्रमण प्रस्तावको जोडदार समर्थन गरेका छन्।
तर ब्रिटेन र अमेरिकामा जस्तै त्यहां पनि संसदमा मतदान गराउन दबाब बढिरहेको छ।
फ्रान्सको संसदमा आउंदो बुधबार यस विषयमा बहस हुंदैछ, तर मतदान गराउने कार्यक्रम भने छैन।
यसै विषयमा अमेरिकी कङ्ग्रेसमा पनि आउंदो साता बहस हुंदैछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.